
काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १को मंसिर मसान्त सम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. ८ दशमलव २४ पुगेको छ । यो मूल्य कात्तिक मसान्त सम्ममा रू. ७ शदमलव ९४ थियो ।
यस योजनाको मंसिर मसान्त सम्ममा सुचिृकत धितोपत्र , ऋणपत्र , सुचिकृत नभएका धितोपत्रमा र मुद्यति निक्षेपमा गरी कुल लगानी रू. ८० करोड ८८ लाख रहेको छ । यो लागानी कात्तिक मसान्त सम्ममा ७६ करोड ९६ लाख थियो ।
यस योजनाले सुचिकृत भएका शेयरमा मंसिर मसान्त सम्ममा गरेको लगानी(धितोपत्र दलाल कमिशन कारोबार शुल्क समेत) रू. १ अर्ब भन्दा बढी रहेको छ । यो लगानीको बजार मूल्य भने मंसिर मसान्त सम्ममा रू. ७४ करोड रहेको छ । योजनाको लगानी लागत भन्दा बजार मूल्य कम रहेको हो ।
प्रतिक्रिया दिनुहोस