
काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेमा नेपाल सेवा लघुवित्त वित्तीय संस्था, समीट लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक तथा ज्योति विकास बैंकको बोनस शेयरको मूल्य समायोजन भएको हो ।
नेप्सेले नेपाल सेवा लघुवित्तको २ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ४८७ दशमलव ८० रुपैयाँ, समीट लघुवित्तको २१ दशमलव १० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ५४० दशमलव ९० रुपैयाँ रहेको छ ।
त्यस्तै, सिन्धु विकास बैंकको ११ दशमलव ५१ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ११८ दशमलव ३७ रुपैयाँ र ज्योति विकास बैंकको १२ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य १४९ दशमलव ८९ रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस