aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नाडाद्धारा राष्ट्र बैंकको निर्देशन प्रति ध्यानआकर्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ पुस २०७६
नाडाद्धारा राष्ट्र बैंकको निर्देशन प्रति ध्यानआकर्षण

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाल राष्ट्र बैंकलाई क,ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ प्रति ध्यानआकर्षण गराएको छ ।  बुधबार गभर्नर डा. चिरञ्जिवी नेपालसँग नाडाको नवनिर्वाचित टोलिले उक्त एकिकृत निर्देशनकाले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गर्दै ध्यानआकर्षण गराएको हो ।

नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशामा गभर्नर डा नेपालले नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताएको  नाडाले जनाएको छ । 

छलफलको क्रममा उहाँले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेण्टसगरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिएका थिए । 

व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गभर्नर डा.नेपालले बताएका थिए ।  उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस