काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय सस्ंथाको तेस्रो वार्षिक साधारण सभा माघ १० गते बस्ने भएको छ । सभामा कम्पनीले २५.२७% लाभांस वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट २४% बोनस सेयर र कर प्रयोजन सहित १.२७% नगद लाभांश वितरण गर्न लागेको हो । साधारण सभा, डार्सिज इन्टरनेसनल होटल, बुटवल, रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ ।
बोनस वितरण पश्चात कायम हुने चुक्ता पुँजीबाट ३३.३३% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।
यस्तै, अन्य कुनै ‘घ’ वर्गको वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न गराउन परेमा त्यस सम्बन्धी काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि छ ।
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि स्वाभिमान लघुवित्तले पुस २५ गतेदेखि माघ १० गतेसम्म बुक क्लोज गर्दैछ । पुस २४ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस