aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
बैक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको नयाँ निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै एक सूचना जारी गरेको छ । 

सूचनामा नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई सफल पार्ने सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरुले आ–आफ्नो वेवसाइटमा नेपाल भ्रमण वर्ष अंकित लोगो अनिवार्य (डिस्प्ले)  गराउन निर्देशन दिएको छ । 

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाको वेवसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण वर्ष २०२०को लोगो तथा नेपाल भ्रमण वर्ष, २०२०को सचिवालयको वेबसाइटको लिंक राख्नु पर्ने भएको छ ।

साथै पर्यटकको अवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तव्यमा नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष, २०२० को सचिवालयसँग समन्वय गरि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटकलाई सहज हुने किसिमका शौचालय, डस्टवीन, पिउनेपानी तथा विश्रामस्थाल जस्ता पूर्वाधार बनाउने कार्यमा समेत सहभागीता जनाउनु पर्ने भएको छ ।  

प्रतिक्रिया दिनुहोस