
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको सञ्चालक विकास गोयलको राजिनामा स्वीकृत भएको छ । उनले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
साथै, कम्पनीले रिक्त रहेको उक्त स्थानमा पेशल राज पोखरेललाई नियुक्त गरेको छ ।
कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले गोयलको राजिनामा स्वीकृत र पोखरेलको नियुक्ति गरेको हो ।
प्रतिक्रिया दिनुहोस