
काठमाडौं । पुस १८ गते शुक्रबार पोखरा फाइनान्स र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएका छन् । पोखरा फाइनान्सले पोखरामा र इन्फिनिटी लघुवित्तले गैडाकोट, नवलपुरमा साधारण सभा बोलाएका हुन ।
पोखरा फाइनान्सको विहान ९ बजे र इन्फिनिटीले विहान ११ बजे सभा बोलाएका छन् । पोखरा फाइनान्सले प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ७ दशमलव २० प्रतिशत नगद लाभांश पारित गर्नेछ भने इन्फिनिटी लघुवित्तले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत इन्फिनिटीले सभाका लागि तय गरेको छ । साधारण सभाका लागि दुबै कम्पनीले पुस ४ गतेदेखि बुक क्लोज गरेका छन ।
प्रतिक्रिया दिनुहोस