aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

एनआईसी एशिया बैंकको कार्डबाट सपिङ गर्नेलाई क्यासव्याक अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ पुस २०७६
एनआईसी एशिया बैंकको कार्डबाट सपिङ गर्नेलाई क्यासव्याक अफर

काठमाडौं । एनआईसी एशिया बैंकले डेविट एवं क्रेडिट कार्डवाहकलाई नयाँ बर्ष २०२० को भिसा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशतश वा अधिकतम  १५०० रुपैयाँसम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम पाँच सय रुपैयाँ र सो भन्दाबढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्ने सर्त रहेको  बैंकले  जनाएको छ । 

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

 
 

प्रतिक्रिया दिनुहोस