aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ बैशाख २०७६
सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा  नवजीवन परोपकार समाजलाई संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत २ लाख ५०  हजार रुपैयाँ  नगद सहयोग प्रदान गरेको छ । 

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा भएको एक कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष  दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं। ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरेकोे हो ।  

प्रतिक्रिया दिनुहोस