aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सिटिजन्स बैंकको एटीएममा मास्टर कार्ड चल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ पुस २०७६
सिटिजन्स बैंकको एटीएममा मास्टर कार्ड चल्ने

काठमाडौं । सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले आफ्नो बैंकको एटीएममा मास्टर कार्ड सेवा सुरुवात गरेको छ । 

यो सेवाको सुरुवात  सँगै मास्टर कार्ड, मेस्ट्रो तथा सिरोस ब्राण्डका कुनै पनि कार्ड उक्त बैंकको एटीएममा चल्ने छन् । नेपाल भ्रमण बर्ष २०२० को सुरुवात  सगै प्रारम्भ गरिएको यस सेवाबाट विशेष गरी नेपाल भ्रमण मा आउने विदेशी पर्यटक र नेपालमा मास्टर कार्ड ब्राण्डका कार्ड वाहक ग्राहकहरु लाभान्भित हुने छन् । 

बैंकले यस अघि नै भिजा तथा ‘युनियन पे’सँग सहकार्य गरी ती ब्राण्डका कार्डमार्फत कारोबार गर्दै आइरहेको छ ।

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतलाई पितृशोक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष राजन सिंह भण्डारलाई पितृशोक परेको छ । 

उनका पिता श्री शिवमान सिंह भण्डारीको मिति २०७१।०१।२२ गते सोमवार निधनमा भएको हो ।

उक्त बैंक संचालक समितिको बैठकले गहिरो शोक व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदनासमेत प्रकट गरेको छ ।

स्वर्गीय भण्डारीको ८८ वर्षको उमेरमा निधन भएको थियो । वनको पार्थिव शरीर हिजो नै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । स्व. भण्डारीको चार छोरा र चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस