
काठमाडौं । विद्युतीय माध्यमबाट वालेट मार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै विद्युतीय कारोबारको सीमा बढाएको हो । यसअघि यस्तो सीमा १ लाख रुपैयाँसम्म थियो । राष्ट्र बैंकले भुक्तानीमा लचकता अपनाउँदै यस्तो व्यवस्था गरेको हो ।
साथै, एक वालेटबाट अर्काे वालेटमा मासिक ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था गरिएको छ । यस्तो कारोबार दिनमा भने २५ हजार रुपैयाँसम्म गर्न पाइन्छ । यता, वालेटबाट वालेट बाहकको बैंक खातामा रकमान्तर गर्दा भने कुनैे सीमा तोकिएको छैन । केन्द्रीय बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) मा दैनिक १० लाख तथा प्रतिमहिना ३० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ ।
मोबाइल बैकिङबाट प्रतिदिन ५० हजार रुपैयाँसम्म कारोबार गर्न सकिने छ । क्युआर कोड समेत गरी दैनिक ५० हजार रुपैयाँको सीमा निर्धारण गरिएको हो । मोबाइल बैंकिङबाट प्रतिमहिना २ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस