
काठमाडौं । तीन ओटा कम्पनीले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएका छन् । चौतारी लघुवित्त वित्तीय संस्था, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले नगद लाभांश पठाएका हुन् ।
चौतारी लघुवित्त वित्तीय संस्थाले मंसिर २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्ममा गरिदिएको छ । कम्पनीको पुस ९ गते समपन्न वार्षिक साधारण सभाले १० दशमलव ८९३ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको हो । मंसिर २१ गते पछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामानै जम्मा गरिदिने कम्पनीले जानकारी गराएको छ ।
त्यसैगरी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले मंसिर २९ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयधनीको बैंक खातामा १५ दशमलव ५३ प्रतिशत नगद लाभांश जम्मा गरिदिएको छ ।
मंसिर २९ गते पछि बैंक खातामा अद्यावधिक गराएका शेयरधनीको हकमा पनि बैंक खातामानै नगद लाभांश जम्मा हुनेछ । कम्पनीको पुस १३ गते समपन्न वार्षिक साधारण सभाले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो । चौतारी लघुवित्त र निर्धन उत्थान लघुवित्तको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले पुस १४ गते देखि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ । कम्पनीको पुस ११ गते समपन्न वार्षिक साधारण सभाबाट पारीत १० दशमलव ६५ प्रतिशत नगद लाभांश पठाएको हो ।
हितग्राही खातामा बैक खाता अद्यावधिक नगराएका शेयरधनी र हाल सम्म पनि आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले शेयर प्रमाणपत्र आभौतिकीकरण गर्नुपर्नेछ ।
सोसँगै हतिग्राही खातामा बैंक खाता अद्यावधिक गरापछि समयमा नै नगद लाभांश लिन कम्पनीले अनुरोध गरेको छ । शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस