aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समता लघुवित्तको शेयरमूल्य समायोजन, बोनस शेयर र नगद लाभांश बाँड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० पुस २०७६
समता लघुवित्तको शेयरमूल्य समायोजन, बोनस शेयर र नगद लाभांश बाँड्दै

काठमाडाैं । समता लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको पुस १९ गते शनिबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१० रुपैयाँ ४८ पैसा कायम गरेको छ ।

लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा आह्वान गरेको छ । लघुवित्तको छैठौँ वार्षिक साधारण सभा होटल इच्छा प्रालि, सिमरामा दिउसो १ बजे शुरु हुनेछ ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको हकप्रद शेयर पूँजीकरणपश्चात कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

यसका साथै सभाले अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्वीजिसनमा जाने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एक जना महिला सञ्चालक निर्वाचन गर्ने, आवश्यक मापदण्ड पुरा भइसकेको हुँदा राष्ट्रिय स्तरमा स्तोन्नती हुन राष्ट्र बैंकमा प्रक्रिया अघि बढाउने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको छ ।

लघुवित्तले १ः२ अनुपातमा निष्कासन गरेको हकप्रद पूँजीकरण भइसकेकोले हाल लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रहेको छ । ५ प्रतिशत बोनस वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार पुग्नेछ।
 

प्रतिक्रिया दिनुहोस