aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एनसीसी बैंकले कमायो एक अर्ब १६ करोड रुपैयाँ प्रतिशेयर अम्दानी २४ रुपैयाँ

एनसीसी बैंकले कमायो एक अर्ब १६ करोड रुपैयाँ, प्रतिशेयर अम्दानी २४ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
एनसीसी बैंकले कमायो एक अर्ब १६ करोड रुपैयाँ,  प्रतिशेयर अम्दानी २४ रुपैयाँ

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मा १ अर्ब १६ करोड ४० लाख  खुँद मुनाफा कमाएको छ । यो बैंकको यस्तो नाफा गत आवको सोही अवधिसम्ममा ८८ करोड ८० लाख रुपैयाँ थियो ।

यो बैंककले चालू आवको पछिल्लो त्रैमासमा कमाएको नाफा भने ४३ करोड ५३ लाख ४३ हजार छ । यो बैंकले यो अवधिसम्म कमाएको नाफा अघिल्लोवर्षको सोही अवधिसम्मको तुलनामा २७ करोड ६० लाख रुपैयाँले नाफा बढेको छ । 

यो बैंकको व्याज आम्दानी चालू आवको पछिल्लो त्रैमासमा १ अर्ब ९९ करोड रुपैयाँ छ । यस्तो आम्दानीमा व्याज वापतको खर्च १ अर्ब २१ करोड रहेको छ भने खुँद व्याज आम्दानी ७८ करोड ५० लाख रहेको पनि उल्लेख छ ।

यो बैंकले यो अवधिसम्ममा ६१ अर्ब ४५ करोड रुपैयाँ खुँद निक्षेप संकलन गरेर ५६ अर्ब ८० करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ । यसको पुँजीकोष १४.८४ प्रतिशत, खराब खर्ब अनुपात ३.२६ प्रतिशत, सीडी रेसियो ७६.६१ प्रतिशत छ ।

 बार्षिक औषत व्याजदर ३.१७ प्रतिशत रहेको छ ।यसको प्रतिशेयर अम्दानी २४ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ६६ पैसा रहेको पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस