aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

देवः विकास बैंकको भुरीगाउँमा नयाँ शाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
देवः विकास बैंकको भुरीगाउँमा नयाँ शाखा

काठमाडौं । देवः विकास बैंकले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका, वडा नं ०१ स्थित भुरीगाउँ बजारमा नयाँ शाखा  संचालनमा ल्याएको छ । बैंकले भुरीगाउँ शाखा कार्यालयको बैशाख २५ गते आयोजित एक समारोह बीच शाखा कार्यालयको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले उदघाटन गरेका थिए  ।

 बैंकका संचालक समितिका अध्यक्ष अवकास प्राप्त उपरथी  बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा  मन्तव्य दिनु हुँदै ठाकुरबाबा नगरपालिकाका प्रमुख  घननारायण श्रेष्ठले जनताहरुको घरघरमा बैंकिङ्ग सेवा पु¥याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने बताए । 

उपरोक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत  लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान प्रतिवद्धता जनाए । 

 सेवाग्राहीहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस