aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समीट लघुवित्तको मुनाफामा ५० प्रतिशतले वृद्धि, कमायो ४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
समीट लघुवित्तको मुनाफामा ५० प्रतिशतले वृद्धि, कमायो ४ करोड

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (Summit Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा ४ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५० प्रतिशतले वृद्धि गरेको हो । गत आवको सोहिअवधिमा नाफा २ करोड ८५ लाख कमाएको थियो ।

२१ करोड रुपैयाँ चुक्ता पुँजी भएको समीटले जगेडाकोषमा ८ करोड ८२ लाख रुपैयाँ छुटाएको छ । 

समीटले निक्षेपमा ७३ करोड २९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ६० करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव १५ प्रतिशतले वृद्धि गरेको छ ।  

समीट लघुवित्तको खुद ब्याज आम्दानी ३८ दशमलव २७ प्रतिशतले बढेर ११ करोड २५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५२ दशमलव २७ प्रतिशतले बढेर ६ करोड ७३ लाख रुपैयाँ पुगेको छ । 

समीट लघुवित्तको प्रतिशेयर आम्दानी २० दशमलव ४० रुपैयाँ, मुल्य आम्दानी अनुपात ३१ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ १४२ दशमलव ०४ रुपैयाँ, तरलता अनुपात १३ दशमलव ७४ प्रतिशत, निष्कृय कर्जा १ दशमलव ९५ प्रतिशत र जोखिम युक्त सम्पत्ति १७ दशमलव ३९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस