aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

डिप्रोक्स लघुवित्तको ४५ प्रतिशत लाभांश वितरण प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ पुस २०७६
डिप्रोक्स लघुवित्तको ४५ प्रतिशत लाभांश वितरण प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७५–०७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएको छ। 

लघुवित्तको सञ्चालक समितिले प्रस्ताव गरेको ३० प्रतिशत बोनस र कर सहित १५ प्रतिशत नगद गरि कूल ४५ प्रतिशत लाभांश साधारणसभाबाट अनुमोदन भएपश्चात वितरणको लागि पुस २१ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको हो ।

लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि बोनस र नगद गरि कूल ३४ करोड ८० लाख ३४ हजार ६९८ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।

हाल ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको ३० प्रतिशत बराबरको २३ करोड २० लाख २३ हजार १३२ रुपैयाँ बोनस पश्चात एक अर्ब ५४ लाख ३३ हजार ५७३ रुपैयाँ कायम हुनेछ ।

प्रतिक्रिया दिनुहोस