aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्राइम बैंकको मुनाफामा ३१ प्रतिशतले वृद्धि गर्दै कमायो साढे १ अर्बमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
प्राइम बैंकको मुनाफामा ३१ प्रतिशतले वृद्धि गर्दै कमायो साढे १ अर्बमाथि

प्राइम कमर्सियल बैंक लिमिटेड (Prime Commerical Bank Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा ३१ दशमलव ३६ प्रतिशतले वृद्धि गरी १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा बैंकले नाफा १ अर्ब १७ करोड ८३ लाख  कमाएको थियो ।

८ अर्ब ३ करोड रुपैयाँ चुक्ता पुँजी भएको प्राइम बैंकसँग २ अर्ब ३६ करोड ३८ लाख रिटेर्न अर्निङ्ग र २ अर्ब ३३ करोड ३८ लाख जगेडा कोष रहेकोे छ । 

बैंकको निक्षेपमा ६८ अर्ब ६५ करोड ७८ लाख रुपैयाँ संकलन गरि कर्जा ६९ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा २ दशमलव ९८ प्रतिशतले बढेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा ४२ दशमलव १३ प्रतिशत बढेर २ अर्ब ६० करोड १५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने २८ दशमलव ६७ प्रतिशतले बढेर २ अर्ब १९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २५ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात १२ दशमलव ८४ गुणा, प्रतिशेयर नेटवर्थ १५८ दशमलव ४८ रुपैयाँ, तरलता अनुपात १७ दशमलव ३७ प्रतिशत, निष्कृय कर्जा अनुपात १ दशमलव ५८ प्रतिशत र जोखिम युक्त सम्पत्ति १२ दशमलव १३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस