aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कृषि विकास बैंकको नाफा २ अर्बमाथि, नाफा २३ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
कृषि विकास बैंकको नाफा २ अर्बमाथि, नाफा २३ प्रतिशतले वृद्धि

कृषि विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा २३ दशमलव ०८ प्रतिशतले वृद्धि गरी २ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा बैंकले नाफा १ अर्ब ७९ करोड ७१ लाख कमाएको थियो ।

१४ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी भएको कृषि विकाससँग २ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ रिटेर्न अर्निङ्ग र ९ अर्ब ८६ करोड ९२ लाख जगेडा कोष रहेकोे छ । 

बैंकको निक्षेप ७ प्रतिशतले वृद्धि गरी १ खर्ब १२ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ संकलन गरि कर्जा १ खर्ब ९ अर्ब ८८ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९ प्रतिशतले बढेको हो ।

बैंकको खुद ब्याज आम्दानीमा २० दशमलव ०६ प्रतिशत बढेर ५ अर्ब ३० करोड १९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने २२ दशमलव ०८ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ९२ लाख रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २९ दशमलव १० रुपैयाँ, खराब कर्जा ४ दशमलव २२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस