काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले पुस २० गते हकप्रद शेयरको बाँडफाँट गरेको हो । कम्पनीले १ बरावर १ दशमलव ५(१ः१.५) अनुपातमा कात्तिक २४ गते देखि मंसिर २९ गते सम्म २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद शेयर विक्री खुल्ला गरेको थियो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस