
काठमाडौं । तीन कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएका छन् । कामना सेवा विकास बैंक, नेशनल माइक्रोफाइनान्स र स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएका हुन ।
कामना सेवा विकास बैंकले पुस १७ गते समपन्न वार्षिक साधरण सभाबाट पारीत ६ दशमलव ८ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पुस २१ गते जम्मा गरिदिएको छ । हालसम्म पनि भौतिक रुपमा नै शेयर प्रमाणपत्र र शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि नगद लाभांश जम्मा गर्ने बैंकले उल्लेख गरेको छ । बैंकको शेयर रजिष्ट्रार बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ ।
नेशनल माइक्रोफाइनान्स वित्तीय स.स्थाले ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । मंसिर २९ गते समपन्न वाषिक साधारण सभाले मंसिर १५ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । साथै,कम्पनीले मंसिर १५ गते पछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामा नै जम्मा गर्ने उल्लेख गरेको छ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । पुस २० गते समपन्न वार्षिक साधारण सभाले मंसिर ३० गते सम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ । साथै सो मिती पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामानै नगद लाभांश जम्मा गर्ने कम्पनीले जानकारी गराएको छ । स्वावलम्बन लघुवित्त र नेशनल माइक्रोफाइनान्स कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस