aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ConnectIPS मोबाईल एप्सको कारोबार सीमा थपियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ पुस २०७६
ConnectIPS  मोबाईल एप्सको कारोबार सीमा थपियो

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसद्वारा सन्चालन गरिदै आएको connectIPS e-payment  प्रणालीको Mobile Application मार्फत प्रति महिना गरिने कारोवारको अधिकतम सीमा बढाएको छ । हालको कारोवार सीमा १ लाख रुपैयाँबाट वृद्घि गरी २ लाख रुपैयाँ पुर्याइको छ । 

 नेपाल राष्ट्र बैंक द्वारा प्रकाशित भुक्तानी प्रणाली सम्बन्धीएकीकृत निर्देशन‐२०७६को निर्देशन बमोजिम मासिक कारोवार सीमा थप गरिएको हो भने प्रति कारोबर सीमा ५० हजार रुपैयाँ नै कायम रहेको कम्पनीले जनाएको छ । connectIPS  वेबसाइट -www.connectips.com_ बाट गरिने कारोबरको सीमाप्रति कारोबर  १० लाख रुपैयाँ र प्रति बैंक मासिक ५० लाख रुपैयाँ यथावत नै रहेको छ ।

अनलाइन भुक्तानीको एकिकृत प्ल्याटर्फम हो जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड÷बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

 उक्त प्ल्याटर्फममा सदस्य बैंकहरुका ग्राहकहरूका लागि अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी गर्न सकिने व्यबस्था रहेको छ ।  

त्यस्तै, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल÷कलेज, इन्स्युरेन्स भुक्तानी, आदिगर्न सकिने व्यवस्था रहेको छ । थप गरिएको कारोबार सीमाले बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई बैंक खाताबाट गरिने डिजिटल भुक्तानी कारोबार गर्न थप सुविधा हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस