aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सेन्ट्रल फाइनान्सले लाभांश दिने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ पुस २०७६
सेन्ट्रल फाइनान्सले लाभांश दिने घोषणा

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसर्थ, कम्पनीले नगदमा ५ करोड ७६ लाख ३७ हजार ८५० रुपैयाँ खर्च गर्ने भएको छ ।

अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढाइनेछ । गत वर्ष पनि यस कम्पनीले ७ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । 

कम्पनीको चुक्ता पुँजी ८२ करोड ३३ लाख ९७ हजार रुपैयाँ रहेको छ । कम्पनीले चुक्ता पुँजीबाट नगद वितरण गर्न लागेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

प्रतिक्रिया दिनुहोस