
महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाले मिति २०७६ वैशाख २१ गते मातातिर्थ औसीँ (आमाको मुख हेर्ने दिन) को अवसर पारी शाखा प्राङ्गणमा एक कार्यक्रम आयोजना गरेको थियो ।
समारोहमा बैंकले अमरगढी नगरपालिकाको प्रत्येक वडाबाट एक जेष्ठ नागरिक आमा छनोट गरी कुल ११ जना जेष्ठ आमाहरुलाई सम्मान स्वरुप कपडा, फलफुल तथा मिठाइ सामाग्री वितरण गरेको थियो ।
सोही कार्यक्रममा बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना अनाथ विद्यार्थीहरुलाई रु.२५ हजार प्रति विद्यार्थीका दरले कुल रु. ५० हजार बराबरको छात्रवृति पनि प्रदान गरेको थियो ।
यसका अतिरिक्त सोही दिन उक्त शाखाले “हामी सबैको पहल, सफा तथा स्वच्छ सहर” भन्ने मूल नाराका साथ आफ्ना कर्मचारीलगायत स्थानीय बासिन्दाहरुको सहकार्यमा तुफानडाँडा देखी बागबजारसम्म सरसफाई कार्य पनि गरेको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस