
काठमाडौं । पछिल्लो दुई दिन झण्डै दुई हजारले घटेको सुनको मूल्य आइतबार फेरि बढेको छ । पुस लागेदेखि नै उच्च रुपले बढेको सुनको मूल्य बिहीबार र शुक्रबार दुई दिन एक हजार ९०० रुपैयाँले घटेको थियो ।
आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ७०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबार सुनको मूल्य ९०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७४ हजार ६०० र तेजावी सुन ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
२३ गते बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस