
काठमाडौं । कृषि विकास बैंकले चुक्ता पूंजीको २४ (कर सहित) प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्नेे प्रस्ताव समेत पास गरेको छ ।
बैंकको वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा आइतवार (आज) सम्पन्न बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकका करिव २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई उक्त साधरणसभाले उत्साहजनक प्रतिफल दिलाएको बैंकले जनाएको छ ।
बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु÷सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७४ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पु¥याउन सफल भएको तथा नेपालका बाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी अधिकृत पूँजी भएको कृषि विकास बैंक लि.को १२औं बार्षिक साधरणसभा बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भयो ।
साथै उक्त साधरणसभामा बक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा संचालक समिति अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।
शेयरधनीहरुको वाक्लो उपस्थिती रहेको उक्त साधरण सभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधी, बैंकमा कार्यरत उच्च व्यवस्थापक,कर्मचारीहरु र बैंक संचालक समितिका सदस्यहरु झक्क प्रसाद आचार्य, रघुराम विष्ट, संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद गुरांगाई, डा. इन्दिरा मास्के (श्रेष्ठ) को उपस्थिती रहेको थियो । साधरणसभाको संचालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस