aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एनएमबि बैंकको अध्यक्षमा पवनकुमार गोल्यान पुनः निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ पुस २०७६
एनएमबि बैंकको अध्यक्षमा पवनकुमार गोल्यान पुनः निर्वाचित

काठमाडौं । एनएमबि बैंकको अध्यक्षमा पवन कुमार गोल्यान पुनःनिर्वाचित भएका छन् । यहि पुस २४ गते बसेको बैंकको २४औँ वार्षिक साधारण सभाले गोल्यानलाई अध्यक्षमा निर्वाचित गरेको हो । 

गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्यान, एफएमओको तर्फबाट संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिप राज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस