aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिभिल बैंकले दुई वर्षको साधारणसभा भोलि गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ बैशाख २०७६
सिभिल बैंकले दुई वर्षको साधारणसभा भोलि गर्दै

काठमाडौ । सिभिल बैंक साधारणसभा यहि शुक्रबार हुने भएको छ । सिभिल बैंकले २०७३/७४ र २०७४/७५ को साधारणसभा एकै पटक बोलाएको छ ।
 बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १० दशमलव २५ प्रतिशत वोनस शेयर र कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट भने ४. ०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि सिभिल बैंकले वैशाख १० गते बुक क्लोज गरेकोले वैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभामा लाभांशवाहेक सर्वसाधाण र संस्थापक तर्फ तीन तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस