aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सात कम्पनीको साधारणसभा आज, कुन कम्पनीको लभांश कति पारित हुँदै ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
सात कम्पनीको साधारणसभा आज, कुन कम्पनीको लभांश कति पारित हुँदै ?

काठमाडाैं । साधारणसभाकाे चटाराे सकाउने क्रममा ७ कम्पनीहरुले आज (पुस २८ गते, सोमबार) साधारण सभा आयोजना गर्दैछन् । नेपाल इन्भेष्टमेन्ट बैंक, नेरुडे लघुवित्त, मिर्मिरे लघुवित्त, हिमालयन पावर पार्टनर, प्रोग्रशिभ फाइनान्स, एचआईडीसीएल र आँखुखोला हाइड्रोपावरले आज साधारण सभा गर्न लागेका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश पारित गर्ने विशेष एजेण्डा सहित साधारण सभा आह्वान गरेको छ । बैंकको ३३ औँ वार्षिक साधारण सभा पुस २८ गते, राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा बिहान १० बजे शुरु भएकाे छ ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको १०.५ प्रतिशत बोनस शेयर जारी गर्ने र कर सहित ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्त गर्ने वा मर्जर सम्बन्धी कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १४ गतेदेखि बुकक्लोज गरेको थियो। पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

एक अर्ब ३५ करोड १३ लाख २३ हजार ६५६ रुपैयाँ बराबरको एक करोड ३५ लाख १३ हजार २३६ दशमलव ५६ कित्ता बोनस पश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब २२ करोड १० लाख ७२ हजार ७५५  पुग्नेछ।

नेरुडे लघुवित्तले आज १३ औँ वार्षिक साधारण सभा आयोजना गर्दैछन । लघुवित्तले द्योग संगठन विराटनगर, मोरङमा बिहान ११ बजे साधारण सभा बोलाएको हो । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश गरी कुल २०.७९ लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

त्यसैगरी साधारण सभामा अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन तथा मर्जर एक्वीजिसनमा जान, सम्झौतापत्रमा हस्ताक्षर गर्न तथा मर्जरसम्बसन्धि सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव लैजाने छ ।

संस्थापक शेयरधनीको तर्फाबाट प्रतिनिधित्व गर्ने गरी २ जना सञ्चालकको निर्वाचन तथगा प्रबन्धपत्र तथा नियमावलिमा आवश्यक संशोधन गर्ने प्स्ताव समेत सभामा लैजाने छ। उक्त लघुवित्तले पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो ।

हाल लघुवित्तको चुक्ता पूँजी ३९ करोड ७६ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ४५ करोड ७२ लाख रुपैयाँ पुग्नेछ।

मिर्मिरे लघुवित्तले आज मिराबल रिसोर्ट एण्ड होटल, धुलिखेलमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४५ प्रतिशत बोनस शेयर वितरण गर्ने, बोनस शेयरको कर प्रयोजनको लागि २.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, सञ्चालक समितिमा संस्थापक समूहका ४ जना र सर्वसाधारण समूहका २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त लघुवित्तले पुस १८ गते बुकक्लोज गरेको थियो ।

किसान, मिर्मिरे र नागबेली लघुवित्तले राष्ट्रियस्तरको लघुवित्त कम्पनी बन्ने उदेश्यका २०७६ बैशाख ३० गते सोमबार एक आपसमा मर्जर सम्झौता गरेका थिए । मर्जर पश्चात तीनवटै लघुवित्तको बैशाख ३१ गतेदेखि नेप्सेमा शेयर कारोबार रोकिएको थियो । यसअनुसार २०७६ बैशाख ३० गते सोमबारसम्म नेप्सेमा कारोबार भई पुस १७ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश अनुमोदन गर्न आज आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे साधारण सभा शुरु भएकाे ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, प्रधानमन्त्री राहत कोष मार्फत प्रदेश नं. २ को मुख्यमन्त्री राहत कोषमा ४ लाख जम्मा गरिएको अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रोग्रेशिभ फाइनान्सले आज ज्यापू प्रज्ञा भवन, ललितपुरमा २३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिउँसो १ बजे शुरु हुनेछ ।

साधारण सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जान आवश्यक प्रकृया पुर्याउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने तयारी छ। यस्तै फाइनान्सको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्नेछ । फाइनान्सले पुस २० गतेदेखि बुकक्लोज गरेको थियो ।

हिमालयन पावर पार्टनरको साधारण सभा अम्रपाली ब्यांक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनीमा आज बिहान १० बजे शुरु भएकाे छ ।

सभामा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव रहेको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुकक्लोज गरेको थियो ।

आँखुखोला जलविद्युत कम्पनीले दुई वर्षको वार्षिक साधारण सभा आज गर्दैछ। कम्पनीको ११ औँ र १२ औँ वार्षिक साधारण सभा नक्साल बैङ्क्वेट, नक्सालमा बिहान ११ बजे शुरु भएकाे छ ।

सभामा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु रहेको छ । उक्त कम्पनीले पुस १७ गते बुकक्लोज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस