
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको पुस २७ गते बसेको सञ्चालक समितीको बैठकले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित बोनस शेयर नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्तापूँजी रू. ७८ करोड ७१ लाख ११ हजार ७२८ रहेको छ । ६ प्रतिशत बोनस वितरण पश्चात उक्त पूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार ४३१ दशमलव ६८ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस