aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

मिर्मिरे  लघुवित्तले स्वेडा लघुवित्तलाई  प्राप्ति गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ पुस २०७६
मिर्मिरे  लघुवित्तले स्वेडा लघुवित्तलाई  प्राप्ति गर्ने

काठमाडौं । मिर्मिरे  लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति  गर्ने भएको छ । 

काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ बनेपा बजारमा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्तले धादिंग जिल्ला धुनीवेशी नगरपालिका–६मा रहेको स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई  प्राप्ति गर्ने  प्रयोजनका  लागि आइतवार समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

प्राप्तिपछि कम्पनीको नाम  मिर्मिरे  लघुवित्त वित्तीय संस्था लिमिटेड हुने छ  भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ बनेपामा हुने छ । 

उक्त समझदारीपत्रमा मिर्मिरे  लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट संचालक सन्तोष फुयाल र स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट संचालक दिपक राज पाण्डेले हस्ताक्षर गरेका हुन ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार संस्था  प्राप्ति गर्ने कार्य आगामी चैत मसान्तभित्र पुरा हुने छ ।
 

प्रतिक्रिया दिनुहोस