काठमाडाैं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न साधारसभामा आव २०७५/०७६ को नाफाबाट ६ दशमलव ५ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) प्रदान गर्नेगरी पारित गरिएको छ ।
संचालक समितिमा नियुक्त स्वतन्त्र संचालक किर्तिनाथ मास्के साधारण सभाबाट अनुमोदन भएअनुसार अध्यक्ष श्रीमान श्रेष्ठ, संचालक सरोजनी श्रेष्ठ, संचालक डा=रेश्मी श्रेष्ठ, संचालक राजेश मानन्धर र संचालक किर्तिनाथ मास्के समेत पाँच जनाको संचालक समिति रहेको छ ।
संस्थाको चुक्ता पूँजी ८० करोड रहेकोमा हालसम्ममा निक्षेप रकम ४ अर्व २३ करोड तथा कर्जा ३ अर्व ४८ करोड रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उक्त संस्थाको हालसम्म १६ वटा शाखा कार्यालय र १ वटा एक्टेन्सन काउण्टर रहेकोमा थप शाखा कार्यालय छन् ।
प्रतिक्रिया दिनुहोस