aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ पुस २०७६
सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक मटेडको  नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,६०,६६,४०,४०० को ८.९५९३% तेईस करोड पैंतीस लाख सैंतीस हजार दुई सय छयानब्बे रुपैया र पैसा छयानब्बे रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

मंगलबार काठमाडौ महानगरपालिका वडा नं ६ लैनचौर स्थित लैनचौर ब्याङ्क्वेटमा आफ्नो १५ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

उक्त साधारण सभाले आ. व.२०७५/०७६ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७६ आषाढको वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा विस्तृत आयको विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । 

सभाले चालु आ.व. २०७६/७७ को लागि श्याम कार्की एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्टस्लाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ । 

बैंकको मुलुकभर ८९ शाखा कार्यालयहरु, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस