aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

सनराइज बैंकले कार्ड मार्फत कारोबार गर्दा ३ हजार ५ सयसम्म क्यास ब्याक दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ माघ २०७६
सनराइज बैंकले कार्ड मार्फत कारोबार गर्दा ३ हजार ५ सयसम्म क्यास ब्याक दिने

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले सन्राइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । 

बुधबारदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तरगत सन्राइज बैंकका डेबिट/ क्रेडिट कार्ड सेवा लिएका  तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पोइन्ट अफ सेल टर्मिनलमा कारोबार गर्दा २ सय ५० क्यास ब्याक र ई–कर्मशमा कारोबारमा २ सय ५० रूपैयाँ नै क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । 

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट÷क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५ सय वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ ।

साथै, कुनै पनि ग्राहकले डेबिट÷क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा रु. १५ हजार  वा सो भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार क्यास व्याक प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३ हजार ५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । 

सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदै आएको छ । 

यस क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र  उक्त भुक्तानीमा पाइने क्यास व्याकले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस