
काठमाडौं । केही दिनअघि केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गर्दै घरजग्गा, गाडी लगायतका क्षेत्रमा प्रवाह हुने व्यक्तिगत कर्जामा कडाई गरेसँगै बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकम तरलता बढेकाे केन्द्रीय बैंकले जानकारी दिएको छ ।
बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै भएपछि अधिक तरलताको अवस्था आएको जनाएकाे छ । तरलता सहज भएपछि विस्तारै ब्याजदर घट्ने क्रम पनि सुरु भएको छ ।
पुस मसान्त सकिसकेको अवस्थामा बैंकहरुले कात्तिक मसान्त (पहिलो त्रैमास) को आधारदरलाई आधार मानेर धमाधम नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
कुन–कुन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर :
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर पाइनेछ । यता, बैंकले बचततर्फ न्यूनतम ०.७५% देखि अधिकतम ६% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको असोज मसान्तसम्म आधारदर ९.४४% छ । यसैलाई आधार मानेर ऋण दिनेछ । यसमा केही प्रतिशत प्रिमियम थप हुनेछ । जसअनुसार सेयर कर्जामा (१.२५%–६%), घर कर्जामा (५%), गाडी र शैक्षिक कर्जामा (१.५–६%) प्रिमियम थप गरेर कर्जा उपलब्ध हुने बैंकको भनाई छ ।
एनसीसी बैंक
एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर हुनेछ । बैंकले बचतमा न्यूनतम ३% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिने जनाएको छ । बैंकको असोज मसान्तसम्मको आधार दर १०.७७% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण दिंदै आएको छ । जसअनुसार सेयर कर्जामा (६%), घर कर्जामा (४%–६%), गाडीमा (४%), शैक्षिक कर्जामा (६%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।
सेन्चुरी कमर्सियल बैंक
सेन्चुरीले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दतिमा ८.६०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम १% देखि अधिकतम ६.५०% सम्म ब्याजदर दिनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर १०.४५% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम हुनेछ । जसअनुसार सेयर कर्जामा (२.२५%–४.२५%), घर कर्जामा (१.२५%–५.२५%), गाडी कर्जामा (२%–६%), शैक्षिक कर्जामा (१.५०%–३.५०%) प्रिमियम थप गरेर कर्जा दिनेछ ।
हिमालयन बैंक
हिमालयन बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ९.२५% र संस्थागत मुद्दति निक्षेपमा ८.५०% ब्याजदर निर्धारण भएको छ । यता, बैंकले बचततर्फ न्यूनतम ३% देखि अधिकतम ५% सम्म ब्याजदर दिनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर ८.९३% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर ऋण उपलब्ध गराउने छ । जसअनुसार सेयर कर्जामा (५.५०%), घर कर्जामा (५.२५%–५.५०%), शैक्षिक कर्जामा (५%) प्रिमियम थप गरेर कर्जा दिएको छ ।
देवः विकास बैंक
देवः विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा (९%–१०%) र संस्थागत मुद्दति निक्षेपमा १०% ब्याजदर तय भएको छ । यता, बचततर्फ भने न्यूनतम ६.५०% देखि अधिकतम ७% सम्म ब्याजदर रहनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.४६% छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह गर्नेछ । जसअनुसार सेयर कर्जामा १%–५%), घर र शैक्षिक कर्जामा (१%–६%) प्रिमियम थप गरेर कर्जा पाइनेछ ।
महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १०% ब्याजदर निर्धारण भएको छ । बचतमा न्यूनतम ३% देखि अधिकतम ७% सम्म ब्याजदर रहेको छ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.४७% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा दिनेछ । जसअनुसार सेयर, गाडी, घर र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ ।
गरिमा विकास बैंक
गरिमा विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १०% ब्याजदर रहेको छ । बैंकले बचततर्फ न्यूनतम ६.५०% देखि अधिकतम ७% सम्म ब्याजदर दिनेछ । बैंकको असोज मसान्तसम्मको आधार दर ११.२०% रहेको छ । यसमा केही प्रतिशत प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । जसअनुसार सेयर, गाडी, घर र शैक्षिक कर्जामा ५% प्रिमियम थप गरेर कर्जा दिनेछ ।
प्रतिक्रिया दिनुहोस