aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

तीन कम्पनीले नगद लाभांश बैंकमा पठाउन शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ माघ २०७६
तीन कम्पनीले नगद लाभांश बैंकमा पठाउन शुरु

काठमाडौं । तीन कम्पनीले पारित नगद लाभांश शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेका छन् । एनएमबि बैंक, लुम्बिनी विकास बैंक तथा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेका हुन ।

एनएमबि बैंकले पुस २४ गते सम्पन्न २४औं वार्षिक साधरण सभाबाट पारित १४ प्रतिशत (कर समेत)नगद लाभांश शेयरधनीको हितग्राही खातामा उपलब्ध बैंक खातामा माघ २ गते (आज) देखि जम्मा गर्न सुरु गरेको छ । बैंकको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै माघ २ गतेदेखिनै महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । महुलीले पुस २६ गते सम्पन्न ७ औं वार्षिक साधारण सभा मार्फत ११ दशमलव ५७९ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै लुम्बिनी विकास बैंकले पनि कर सहितको १५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा माघ १ गतेदेखि जम्मा गरिदिएको हो । बैंकको पुस २९ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा सो लाभांश जम्मा गरेको हो ।

बैंकको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तीन वटै कम्पनीले हालसम्म पनि भौतिक रुपमा नै शेयर प्रमाणपत्र र शेयर अभौतिकीकरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस