काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा फष्ट माइक्रोफाइनान्स पहिलो बनेको छ । बिहीबार कम्पनीले ६ करोडभन्दा बढी नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ५ करोड ६३ लाख १६ हजार खुद नाफा गरेको यस कम्पनीले यस आर्थिक वर्षको सोही अवधिमा भने करिब १९ प्रतिशत बढी रू. ६ करोड ६९ लाख ३५ हजार खुद नाफा गरेको हो ।
सञ्चालन मुनाफा गत वर्षको तुलनामा यस वर्ष करिब २० प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू. ८ करोड ८४ लाख ९६ हजार सञ्चालन मुनाफा गरेको यस कम्पनीले यस वर्ष रू. १० करोड ६० लाख २ हजार गरेको हो ।
यस वर्ष शेयरधनीहरुका लागि १७ प्रतिशत बोनस दिएर चुक्तापूँजी रू. ८० करोड ७ लाख ४१ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. १७ करोड ४२ लाख ९४ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षको भन्दा यस वर्ष १३ दशमलव ९१ प्रतिशत बृद्धि भएको हो ।
दोस्रो त्रैमासमा कुल सम्पत्ति २० दशमलव ६० प्रतिशत बढेको छ । कम्पनीको कुल सम्पत्ति रू. ६ अर्ब ५४ करोड ७७ लाख पुगेको छ । यो रकम गत आवको यसै अवधिसम्ममा रू. ५ अर्ब ४२ करोड ९२ लाख ६५ हजार थियो । कम्पनीको निश्क्रिय कर्जा शून्य रहेको छ भने पूँजीकोष प्रयाप्तता १६ दशमलव ९२ प्रतिशत छ ।
प्रतिशेयर आम्दानी वार्षिक रू. १६ दशमलव ७२ रहेको यो कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ७७ रहेको छ । थोक लघुवित्त सेवा दिदैं आएको यस कम्पनीले आगामी दिनमा पनि यहि सेवामा केन्द्रित रहने बताएको छ ।
गुणस्तरिय सेवाले नै संस्थाको छवि सुदृढ हुने कुरामा विश्वस्थ रहेको यस कम्पनीले साझेदार संस्थाहरु मार्फत अधिकतम ऋणीहरुसम्म वित्तीय पहुँच बृद्धि गर्नका लागि प्रभावकारी रुपमा काम गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस