aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ माघ २०७६
सांग्रिला डेभलपमेन्ट बैंकको नगद लाभांश बैंक खातामा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनी महानुभावहरूको बैंक खातामा जम्मा गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीहरुको बैंक खातामा २९ पौष २०७६ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो ।

बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.९५९३ प्रतिशत नगद लाभांश कर सहित शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो ।  

यस अनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुलाई लाभांश वितरण गरिएको छ । हालसम्म लाभांश प्राप्त नगरेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण गराउ तथा आफ्नो हितग्राही खातामा बैंक खाता नं. अध्यावधिक गराउनसमेत बैंकले जानकारी  गराएको छ । बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस