
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब १ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिसम्ममा १ अर्ब ८४ करोड रुपैयाँ थियो ।
चालू आवको तेस्रो त्रैमासमा यो बैंकले व्याज आम्दानीबाट २ अर्ब ९७ करोड कमाएर १ अर्ब ७१ करोड व्याज भुक्तानीमा खर्च गरेको छ । यसवापत बैंकलाई खुँद व्याज आम्दानी १ अर्ब २५ करोड रुपैयाँ भएको छ । यो अवधिमा बैंकले कमाएको नाफा ६४ करोड ७० लाख रहेको छ । अघिल्लो वर्षको सो अवधिमा पनि बैंकले कमाएको नाफा ४८ करोड ६५ लाख रुपैयाँ मात्रै थियो ।
यो बैंकको शेयर पुँजी ८ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । यसले गत चैत सम्ममा ग्राहकबाट १ खर्ब ८ अर्ब रुपैयाँ संकलन गरेर ९३ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसको सीसी रेसियो ७९.०१, खराब कर्जा अनुपात १.३१ प्रतिशत र औषत व्याजदर ४.५० प्रतिशत छ । यसको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस