aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

राष्ट्रिय वाणिज्य बैंकले पनि सरकारलाई दिने भयो १२ प्रतिशत नगद लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ माघ २०७६
राष्ट्रिय वाणिज्य बैंकले पनि सरकारलाई दिने भयो १२ प्रतिशत नगद लाभांश

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले माघ २४ गतेका लागि १३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । ९९ प्रतिशतभन्दा बढी सरकारको लगानी रहेको बैंकले १२ प्रतिशत नगद लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव गर्दै सभा बोलाएको हो । ९ अर्ब ४७ लाख ९५ चुक्तापूँजी रहेको यस बैंकले सोही पूँजीका आधारमा नगद लाभांश दिन लागेको हो ।

 गत असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा  १३ अर्ब ७१ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ । त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा  १ अर्ब ३० करोड ६३ लाख ११ हजार रुपैयाँ रहेको छ । 

सरकारी स्वामित्वमा रहेको यस बैंकले हालसम्म सर्वसाधारणलाई शेयर जारी गरेको छैन् । संस्थापकको मात्र स्वामित्व रहेको यस बैंकले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, चालू आवको लागि लेखापरिक्षक नियुक्ती गर्ने र प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्दैछ । सभा अपरान्ह २ बजे बैंकको केन्द्रिय कार्यालयको सभाहलमा सुरु हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस