aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ईसेवा (फोनपे) एजेण्टबाटै महालक्ष्मी विकास बैंकको खाता खोल्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
ईसेवा (फोनपे) एजेण्टबाटै महालक्ष्मी विकास बैंकको खाता खोल्न मिल्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक र ईसेवा फोनपे प्रा. लि. बीच ग्राहकहरुलाई अझै सरल, सहज र गुण्स्तरीय सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

आईतबार एक समझदारीपत्रमा हस्ताक्षर गर्दै सम्झौतामा उल्लेख भए बमोजिम ग्राहकहरुले ईसेवा फोनपेका एजेन्टहरु मार्फत सजिलै बैंकको खाता खोल्न सक्ने बैंकले जनाएको छ । उक्त खातामा बैंकले ग्राहकलाई निःशुल्क रुपमा मोवाइल बैंकिङ सेवा, एटिएम सेवा र डलर कार्ड सेवा उपलब्घ गराउने छ । 

उक्त सम्झौतापत्रमा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्णराज लामिछाने ज्यू र ईसेवा फोनपे प्रा. लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरेका हुन् । 

बैंकले आगामी दिनमा ईसेवाको अत्याधुनिक डिजिटल प्रविधिसँग सहकार्य गर्दै ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस