aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

ग्लोबल आईएमई बैंकको शेयर कारोबार भोलिदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
ग्लोबल आईएमई बैंकको शेयर कारोबार भोलिदेखि

काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर कारोबार सोमवार देखि खुला हुने भएको छ । 

जनता बैंकसँग मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट  शेयर कारोबार हुन लागेको हो । 

नेप्सेले पहिलो कारोबारको लागि मूल्य रू.२५२ दशमलव ४७ तोेकेको छ । माघ १ गते मर्जर पछिको  ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको थियो । 

ग्लोबल र जनता बैंक विच जनता बैंकको १०० कित्ता शेयर बरावर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर आदानप्रदान हुने गरी मर्जर सम्झौता भएको हो ।  

गत असार १९ गते ग्लोबल आइएमई बैंकको शेयर प्रतिकित्ता रू.२९५ मा कारोबार भएको थियो ।
 
 

प्रतिक्रिया दिनुहोस