aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

गण्डकी विकासको नगद लाभांश शेयरधनीको बैंक खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ माघ २०७६
गण्डकी विकासको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा नै जम्मा गर्ने भएको छ । बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्ने भएको हो । 

बैंकको पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले  १७ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले पुस १५ गतेसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्नेछ ।

सो मिति पछि बैंक खाता अद्यावद्यिक गराएका शेयरधनीको हकमा पनि नगद लाभांश बैंक खातामा नै जम्मा गरिदिने कम्पनीले उल्लेख गरेको छ ।

साथै बैंकको शेयर पुस १५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुले नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अबजेक्सन लेटर प्राप्त भएपछि मात्र जम्मा हुने र सो मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र उक्त लाभांश खातामा जम्मा हुने बैंकको सूचनामा उल्लेख छ । बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस