काठमाडौं । प्रभु को अपरेटिभ सर्भिस लिमिटेडको १०औं वार्षिक साधारण सभा माघ २५ गते हुने भएको छ ।
कम्पनीले लैनचौर ब्यांक्वेट, लौनचौर काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गरी निजको पारीश्रमिक तोक्ने, कम्पनीको विनिमय संशोधन गर्ने लगायतका बिषयहरुमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस