
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Support Microfinance Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा २० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा माइक्रोफाइनान्सको १९ लाख रुपैयाँ नोक्सानम रहेको थियो । ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले जगेडामा ५५ लाख रुपैयाँ छुटाएको छ ।
माइक्रोफाइनान्सले निक्षेपमा ११ करोड ८५ लाख रुपैयाँ संकलन गरेको छ र कर्जामा ५४ करोड १७ लाख रुपैयाँ लगानी गरेको छ । कर्जामा कम्पनीले ३८ दशमलव ३६ प्रतिशतले वृद्धि गरेको हो ।
माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ३१ दशमलव २५ प्रतिशतले बढेर २ करोड १८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३२ लाख रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोहिअवधिमा संचालन मुनाफा १९ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
सपोर्ट माइक्रोफाइनान्सको निष्कृय कर्जा २ दशमलव ८६ प्रतिशत, जोखिम युक्त सम्पत्ति ११ दशमलव ७४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४ दशमलव ६० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०९ दशमलव २१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२८ दशमलव २४ गुणा र तरलता अनुपात ८ दशमलव ८६ प्रतिशत रहेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ९७ प्रतिशत, आधार ब्याजदर ९ दशमलव ३१ प्रतिशत र कोषको लागत ७ दशमलव २९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस