
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा भएको छ ।
बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत भएको ८ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको हो ।
पुस २४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा भएको र सो मितिपछि र्बैंक खातामा अद्यावधिक गराएका शेयरधनीको पनि बैंक खातामा जम्मा गरिदिने बैंकले जानकारी गराएको छ ।
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्लिियरीङ्ग हाउस अन्तर्गत आइपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता सहितको अद्यावधिक गराउन अनुरोध गरेको छ ।
शेयरधनीले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भइ अरुको नाममा लाभांश रकम जम्मा भएमा सोको जिम्मेवार सम्बन्धीत शेयरधनी स्वयम हुनेछ ।
बैंकले बिभिन्न साधारण सभाहरुबाट पारीत भएको लिन बाँकी बोनस शेयर र नगद लाभांश समेत शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा सम्पर्क गरी लिन अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस