aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बैङ्क तथा वित्तिय संस्थाले ग्राहकलाई उपहार दिन नपाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ बैशाख २०७६
बैङ्क तथा वित्तिय संस्थाले ग्राहकलाई उपहार दिन नपाउने

बैङ्क तथा वित्तिय संस्थाले निक्षेप तान्न उपहारको योजना  सार्वजनिक गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बिहिबार एकिकृत निर्देशिका २०७५ को बुँदा नं। २३ लाई संशोधन गर्दै निक्षेप तान्न उपहार दिन नपाउने बताएको हो ।

राष्ट्र बैङ्कले भनेको छ, ‘बैङ्क तथा वित्तिय संस्थाहरुले निक्षेप संकलन गर्दा सुन, चाँदीका सिक्का लगायत कुनै पनि उपहार प्रदान गर्न पाइनेछैन ।’ निक्षेप तान्न बैङ्कहरुले विभिन्न उपहारको प्रलोभन देखाउँन थालेपछि राष्ट्रबैङ्कले त्यसलाई रोक्न एकिकृत निर्देशिकानै संशोधन गरेको हो ।

अहिले वैशाख एक गतेदेखि हरेक नेपाली बैङ्क खाता अन्र्तगत बैङ्कहरुले १०० रुपैयाँसम्म जम्मा गरिदिन सक्ने व्यवस्थालाई भने यो संशोधनले कुनै असर गर्नेछैन् । बैङ्कखातामा निश्चि रकम जम्मा गरिदिन पाउने व्यवस्था भने यथावत नै रहनेछ । 

प्रतिक्रिया दिनुहोस