aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नियम विपरित सञ्चालित ५ सहकारी खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ माघ २०७६
नियम विपरित सञ्चालित ५ सहकारी खारेज

काठमाडौं । संस्थाको नियम विपरित सञ्चालित ५ सहकारी संस्थाको इजाजत खारेज भएको छ । काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी कृषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्ब सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था खारेजीमा परेका हुन् । 

सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै सहकारी विभागले पहिलो पटक ५ सहकारी संस्था खारेजी गरेको हो ।

अहिले स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमनको अधिकार स्थानीय तहले नै पाएका छन् । उक्त व्यवस्थालाई टेक्दै रजिष्टार स्तरीय निर्णयबाट संस्था दर्ता खारेज गरिएको हो ।

पछिल्लो समय सहकारी गलत कृयाकलाप, सम्पत्ति शुद्धिकरणको प्रयास र निर्वाचनका बेलामात्रै संस्था ब्यूताउने गरिएको छ । सहकारी संस्थाहरुको वेतिथि हटाउनका लागि विभागले पछिल्लो समय सक्रियता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस