
काठमाडौं । माघ महिनाभित्रै वार्षिक साधारण सभा गर्न लागेका हिमालयन बैक र डिप्रोक्स विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने माघ १२ गते (आइतवार) अन्तिम दिन रहेको छ । दुबै कम्पनीले साधारण सभाका लागि माघ १३ गतेदेखि बुक क्लोज गर्न लागेकाले माघ १२ गतेभित्र शेयर कायम तथा सुरक्षित गर्नुपर्ने भएको हो ।
हिमालयन बैंकले माघको अन्तिम दिन २९ गते २७ औं वार्षिक साधारण सभा डाकेको छ । अधिकांश वाणिज्य बैंकले साधारण सभा सकिसक्दा हिमालयनले भने माघ अन्तिममा बोलाएको छ ।
यस वर्ष हिमालयनले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यस्तै माघ २६ गते १८ औं वार्षिक साधारण सभा बोलाएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस