
काठमाडौं । सनराइज बैंकले प्राप्ति गर्न लागेको सिर्जना फाइनान्सको १८ औं वार्षिक साधारण सभा शनिवार हुदैछ । यो सभानै सिर्जना फाइनान्सका शेयरधनीहरुका लागि अन्तिम सभा हुनेछ ।
आगामी सभा प्राप्ति सम्बन्धी प्रकृया यसै आवमा सम्पन्न भए सन्राइजको नामबाटै हुनेछ । सिर्जना फाइनान्सले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजादैछ ।
प्राप्ति सम्बन्धी प्रयोजनका लागि माघ ९ गतेदेखि शेयर कारोबार रोक्का रहेको छ । साधारण सभाका लागि भने कम्पनीले माघ ३ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम सदस्यहरुमात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस